२५ चैत, नुवाकोट । नेपालको कम्प्युटर सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ।
कम्पनीले ‘प्रोडक्ट’-आधारित तथा अनुकूलित सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ। कम्पनीका अनुसार विधिको मानव संशाधन तथा तलबी सफ्टवेयर हाल नेपालभरका दुई सयभन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेको कम्पनीका अध्यक्ष सुबास सापकोटाले जानकारी दिए ।
कम्पनीको उद्यम स्रोत योजना (ईआरपी) समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको छ, जहाँ एकसयभन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेको उनले बताए ।
उनले आगामी दिनमा सफ्टवेयर प्लेटफर्ममा कृत्रिम बुद्धिमता (एआई)मा आधारित सुविधाहरु थप गर्ने तयारी भइरहेको जानकारी दिए।