+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

smart money talks in Trishuli by Prabhu Bank
डबली खबर
३ महिना अगाडी

२ चैत, नुवाकोट । प्रभु बैंक लिमिटेड नुवाकोट शाखाको आयोजनामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

ग्लोबल मनी विक २०२६‘ को चौथौँ संस्करणको अवसरमा बैंकले विदुर नगरपालिका-१ मा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गरेको शाखा प्रबन्धक सुवर्णराज कँडेलले जानकारी दिए ।

‘स्मार्ट मनी टक्स’ नारासहित वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिने बारेमा जानकारी दिईएको शाखा प्रबन्धक कँडेलले बताए ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

जिल्लास्थित सबै वित्तीय संस्थाहरुले मनाईने साताव्यापी कार्यक्रम बालबालिका र युवाहरूमा वित्तिय साक्षरता अभिवृद्धि गर्दै वित्तिय ज्ञान, सीप र मनाेवृत्तिको विकास गर्दै विभिन्न कार्यक्रममार्फत मनाउने गर्दछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ