+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘ब्रदर’को दुई दिने ‘निःशुल्क सर्भिस क्याम्प र एक्सचेन्ज अफर’ हुने

brother camp in Bidur Nuwakot Trishuli Web Dabali Khabar
डबली खबर
२ महिना अगाडी

२८ फागुन, विदुर । प्रख्यात जापानी ब्राण्ड ‘ब्रदर’ ले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नुवाकोटको विदुरमा ‘निःशुल्क सर्भिस क्याम्प र एक्सचेन्ज अफर’ आयोजना गर्ने भएको छ।

शिविर आगामी २०८२ चैत ४ र ५ गते विदुरस्थित लोकतान्त्रिक चौतारी नजिक रहेको युनिभर्सल कम्प्युटरमा हुने जनाईएको छ।

युनिभर्सल कम्प्युटरको आयोजना तथा सागर ग्रुप र बालेयोको सहकार्यमा हुन लागेको शिविरमा निःशुल्क मर्मत सेवा, दक्ष र विशेषज्ञ प्राविधिकहरूद्वारा प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर र फ्याक्स मेसिनहरूको निःशुल्क जाँच तथा मर्मत गरिने युनिभर्सल कम्प्युटरका सञ्चालक नारायणकुमार घलेले बताए ।

शिविरमा पुराना प्रिन्टर वा फोटोकपी मेसिनहरूलाई नयाँ ब्रदरका उत्पादनहरूसँग साट्न सकिने विशेष सुविधा उपलब्ध हुने उनले बताए ।

साथै कम्प्युटरजन्य विद्युतीय सामग्रीहरुको समस्या समाधानका लागि विशेष सत्र र प्राविधिक विशेषज्ञहरूसँग प्रत्यक्ष प्रश्नोत्तरको अवसर हुने छ ।

शिविर अवधिभर विभिन्न उत्पादनहरूमा विशेष अफर र छुटको व्यवस्था गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ