+
Search

ताजा अपडेट +

पपुलर +

ट्युमर रोगका बिरामीलाई आर्थिक सहयोग

dabali khabar samachar - leading news portal from nuwakot
डबली खबर
२ महिना अगाडी

२४ माघ, नुवाकोट । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत नेपालीहरूले टाउकोको ट्युमरका बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।

साउदीस्थित एफपीआई कम्पनीमा कार्यरत पदमनारायण श्रेष्ठका बुबा बेगनारायण श्रेष्ठको टाउकोमा ट्युमर देखिएपछि आर्थिक संकटमा परेको सो परिवारलाई राहत दिन यो अभियान सञ्चालन गरिएको नेपाली साझा मञ्चका अध्यक्ष अञ्जान गुभाजुले बताए ।

विदुर नगरपालिका-१३ का पीडित पदमनारायण श्रेष्ठ परिवारलाई एक लाख ७५ हजार ५०४ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको मञ्चका अध्यक्ष गुभाजुले जानकारी दिए ।

नेपाली साझा मञ्च साउदीका सदस्यहरू, एफपीआईका कर्मचारी र अन्य शुभेच्छुकहरूबाट संकलित उक्त रकम मानवीय सहयोगस्वरूप हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष गुभाजुले जानकारी दिए ।

उनले संकटको घडीमा नेपालीका लागि नेपाली भन्ने भावनाका साथ सहयोग गर्ने सबै दाताप्रति कृतज्ञता व्यक्त गर्दै बिरामीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ