sujim bazar advert

पदक विजेता खेलाडीहरूलाई सम्मान

डबली खबर     माघ ५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

kheladi samman nuwkaot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

५ माघ, विदुर । नुवाकोट जिल्ला खेलकुद विकास समितिले पूर्व खेलकुद पदाधिकारी तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

जारी प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ को अवसरमा ती व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व पदाधिकारीहरू तथा नुवाकोट जिल्लाभित्रबाट विभिन्न खेल विधामा अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गरेका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो।

यो सम्मानले जिल्लाको खेलकुद इतिहास र योगदानलाई कदर गर्दै खेल क्षेत्रमा निरन्तरता तथा प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको समितिका अध्यक्ष विजय गुरुङले बताए । पूर्व पदाधिकारीहरूको अनुभव तथा अन्तर्राष्ट्रिय पदक विजेताहरूको सफलताले नुवाकोटको खेलकुद विकासमा महत्वपूर्ण पुग्ने उनले बताए ।

कार्यक्रममा खेलाडी, पदाधिकारी तथा खेलप्रेमीहरूले नुवाकोटलाई खेलकुदको उज्ज्वल केन्द्र बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top