+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्षेत्रपाल माविलाई २३ स्वर्ण पदक

क्षेत्रपाल माविलाई २३ स्वर्ण पदक
डबली खबर
४ महिना अगाडी

१ पुस, नुवाकोट । लिखु गाउँपालिकामा गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा क्षेत्रपाल माध्यमिक विद्यालयले २३ स्वर्ण पदकसहित उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ ।

यस्तै, नारायणदेवी माध्यमिक विद्यालयले ३ स्वर्ण पदकसहित द्वितीय स्थान र महेन्द्र महेशदेव माध्यमिक विद्यालयले २ स्वर्ण पदकसहित तृतीय स्थान प्राप्त गरेका छन्।

सहभागी विद्यालयहरूको सक्रिय सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र उत्साहजनक बनाएको गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः नगद १५ हजार, १२ हजार र ९ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको शिक्षा प्रमुख शेरसिंह रावतले जानकारी दिए ।

प्रतियोगिताका विजेताहरुलाई गाउँपालिकाकी उपाध्यक्ष सुभद्रा अधिकारी उप्रेतीले पुरस्कार वितरण गरेका थिए।

विद्यालयस्तरमा खेलकुदको प्रवर्द्धन, विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमताको विकासमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ