+
Search

ताजा अपडेट +

पपुलर +

एम्बासडर तेक्वान्दोमा नुवाकोटलाई एक स्वर्णसहित पाँच पदक

nuwakot taekwondo
डबली खबर
४ महिना अगाडी

१ पुस, विदुर । पोखरी तेक्वान्दो दोजाङ नुवाकोटको टोलीले पहिलो क्याडेट डिभिजन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको छ।

नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपमा टोलीका करण यादवले स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरे भने अविनाब बोहराले रजत पदक हात पार्न सफल भए।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा भएको प्रतियोगितामा टोलीका सुभम गुरुङ, आइरिस सुनार र अनिश जीसीले समान रूपमा तेस्रो स्थान प्राप्त गर्दै टोलीको समग्र पदक संख्या वृद्धि गरेका छन्।

प्रशिक्षक रञ्जित तामाङको नेतृत्व र प्रशिक्षणमा तयार भएका खेलाडीहरूको अनुशासन, मेहनत र समर्पणले यो उपलब्धि सम्भव भएको बताइएको छ। यस सफलताले नुवाकोट जिल्लामा तेक्वान्दो खेलको भविष्य उज्ज्वल रहेको संकेत गरेको छ।

कार्यक्रममा कोरियाली दूतावासका राजदूत योङले नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष दीपराज गुरुङलाई विभिन्न खेल सामग्री हस्तान्तरण गरेका थिए

च्याम्पियनसिपका तीनै विधामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका गरी १ हजार ५ सय ३० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ