sujim bazar advert

विदुर नगरपालिकाको जनसाङ्ख्यिक असमानता

सुनील श्रेष्ठ     पुस ८, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bidur municipality population
Big Education Consultancy Nuwakot
global ime bank flash loan

८ पुस, नुवाकोट । सामान्यतया: हामी के सोच्छौं भने जुन ठाउँको क्षेत्रफल ठूलो छ । त्यहाँको जनसंख्या पनि बढी नै हुन्छ। तर नुवाकोट जिल्लाको वि.सं. २०४४ सालमा स्थापित विदुर नगरपालिकाको आधिकारिक तथ्याङ्कले यो सामान्य धारणालाई चुनौती दिँदै एक जटिल वास्तविकता प्रस्तुत गरेको छ । जहाँ भू-भागको आकारले मात्रै जनसाङ्ख्यिक दर्शाउँदैन।

६७ जना जनप्रतिनिधिहरु रहेको स्थानीय तहमा कुल ५२ हजार २२७ जना मानिसहरु बसोबास गर्दै आईरहेको राष्ट्रिय जनगणना २०७८ ले देखाउँछ ।

सानो वडा, बढी जनघनत्व

विदुर नगरपालिकाको वडा नं. ४ को क्षेत्रफल जम्मा १.९२ वर्ग किलोमिटर छ। क्षेत्रफलको आधारमा नगरपालिकाको सबैभन्दा सानो वडा हो। वडामा करिब ६ हजार ८६९ मानिस बसोबास गर्छन् । जनघनत्व लगभग ३ हजार ५७८ व्यक्ति प्रति वर्ग किलोमिटर छ। यो जनसंख्या नगरपालिकाका १३ वडाहरूमध्ये दोस्रो सबैभन्दा बढी हो। वडा नं. ४ नगरपालिकाको सबैभन्दा सघन, सहरी र सम्भवतः एक प्रमुख व्यापारिक केन्द्र पनि हो। उच्च घनत्वले वडा नं. ४ मा पूर्वाधार, सेवा प्रवाह, र सार्वजनिक स्थानको व्यवस्थापन स्पष्ट संकेत गर्दछ।

क्षेत्रफल ठूलो, जनसंख्या कम

नगरपालिकाको सबैभन्दा ठूलो वडा १३ नम्बर वडा । क्षेत्रफल २४ वर्ग किलोमिटर रहेको वडा अन्य वडाहरूको तुलनामा विशाल छ । तर यहाँको जनसंख्या भने जम्मा ५ हजार ८३ मात्र रहेको छ । जसअनुसार वडाको जनघनत्व जम्मा २१२ व्यक्ति प्रति वर्ग किलोमिटर मात्र देखिन्छ।

नगरपालिकाको सबैभन्दा बढी जनसंख्या भएको वडा नं. ९ हो । जहाँ ७ हजार ३३४ मानिस बस्दछन्। तर यस वडाको क्षेत्रफल जम्मा ६.१६ वर्ग किलोमिटर मात्र रहेको छ । ९ नम्बर वडाको जनघनत्व लगभग १ हजार १९१ व्यक्ति प्रति वर्ग किलोमिटर छ। यो तथ्याङ्कले स्पष्ट पार्छ कि वडा नं. ९ को जनघनत्व वडा नं. १३ को भन्दा पाँच गुणाभन्दा बढी छ। ठूला वडाहरू ग्रामीण, कृषि-प्रधान वा पातलो बस्ती भएका हुन सक्छन् । जबकि तुलनात्मक रूपमा साना वडाहरू बढी आवासीय वा व्यापारिक प्रकृतिका छन्।

विशाल असमानता

तथ्याङ्कअनुसार विदुर नगरपालिकाभित्र रहेको जनसाङ्ख्यिक विविधता र असमानतालाई प्रस्ट्याउँछन्।

सघन वडा ४ नम्बर वडाभन्दा १२ गुणाभन्दा बढीले ठूलो वडा १३ नम्बर वडा रहेको छ।

सबैभन्दा बढी जनसंख्या भएको वडा ९ नम्बरमा ७ हजार ३३४ जना रहेको छ भने सबैभन्दा कम जनसंख्या वडा नं. ११ रहेको छ । जहाँ २ हजार २०६ जना रहेको छ। जुन ११ नम्बर वडाको भन्दा ९ नम्बर वडामा तीन गुणाभन्दा बढी मानिस बस्छन् । विदुर नगरपालिकाको हकमा, जमिन र जनताबीचको सम्बन्ध फरक छ । सानो क्षेत्रफलमा ठूलो जनसंख्या छ र ठुलो भू-भागमा कम जनसंख्या रहेको छ।

विदुर नगरपालिकाले चालुआर्थिक वर्षमा मुख्यतया: शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधार विकासका क्षेत्रमा केही अनुकरणीय कार्यहरू अगाडि बढाएको छ। नगरपालिकाले विद्यार्थी दुर्घटना बीमा, स्वास्थ्य सेवामा सुधार, कृषि हाटबजार, प्राविधिक शिक्षा र डिजिटल र सुशासनलगायतका क्षेत्रमा कार्य गरिरहेको देखिन्छ । तर, नगरपालिकाले पुरानो नगरपालिका भएर पनि सहरी विकास फड्को मार्न सकिरहेको छैन ।

विदुर नगरपालिकाका वडाहरु एउटै एकरूप संरचनामा छैन । फरक-फरक विशेषता र आवश्यकता भएका समुदायहरू छ । जसलाई एकै किसिमको विकास मोडेल र कार्यक्रमले सम्बोधन गर्न सक्दैन । नगरपालिकाले विकासको योजना बनाउँदा भूगोललाई मात्र नभई जनघनत्व र समुदायको प्रकृतिलाई पनि उत्तिकै महत्व दिनुपर्ने देखिन्छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top