+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीले क्षति भएको विदुर खानेपानीकाे मुहान मर्मत

बाढीले क्षति भएको विदुर खानेपानीकाे मुहान मर्मत
डबली खबर
९ महिना अगाडी

साउन १, नुवाकोट । फलाखु खोलामा आएको बाढीले विदुर खानेपानीको मुहानमा असर पुग्दा आज अस्थायी मर्मत गरिएको छ ।

गत असार १३ गते र २४ गते अविरल वर्षाले खानेपानीकाे मुहानदेखि करिब १०० मिटर तलसम्म ढुङ्गा र बालुवा भरिन गई पानी प्रवाहमा कठिनाई पुगेकोमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र उपभोक्ताहरुले जाली राखेर बाँध बाँध्ने कार्य गर्नुको साथै पानी बग्ने कुलो सरसफाई गरिएको विदुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताए ।

बाढीले मुहानसम्म डोजर लग्न असम्भव भएपछि शेर गण, सशस्त्र प्रहरी गुल्म नम्बर १९ र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट ५८ जना जनशक्ति र उपभोक्ताहरुको सहभागितामा मर्मत गरेर बट्टारमा रहेको ट्यांकीमा खानेपानी पुर्‍याईएको उनले जानकारी दिए ।

“मुहानको खानेपानी स्थायी रुपमा सञ्चालन ल्याउन आगामी दिनमा प्राविधिकको सुक्ष्म अध्ययन प्रतिवेदनले देखाउने छ”, उनले भने ।

करिब पाँच हजार सदस्यहरु रहेको संस्थाका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले भने, “मुहानदेखि ट्यांकीसम्म पानी खसाल्न सफल भयौं । राती पानी नपरेमा र खोलाको पानीले असर नपुगे भोलिदेखि सहज रुपमा खानेपानी वितरण हुन्छ।”

यसअघि संस्थाले विदुर नगरपालिकाको वडा नम्बर १, २, ४ , ५, ६, ८ र ९ का उपभोक्ताहरुलाई वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र बिदुरको डिपबोरिङबाट खानेपानी तानेर वितरण गरिएको उनले बताए ।

खानेपानीकाे मुहानमा असर पुग्दा विदुर नगरपालिकामा करिब दुई हप्ता खानेपानीको अभाव भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ