२६ वैशाख, नुवाकोट । महिला उद्यमी गीता अमात्यले आफूले प्राप्त गरेको अवार्डको आधा रकम स्वर्गीय माताहरुको स्मृतिमा गौरेश्वर धामलाई प्रदान गरेकी छिन् ।
अमात्यले शुक्रबार (आज) आफूले प्राप्त गरेको अवार्डको आधा रकम स्वर्गीय माताहरुको स्मृतिमा गौरेश्वरधामलाई प्रदान गरेको जानकारी दिएकी हुन् ।
अमात्यले विदुर नगरपालिका-३ स्थित देवीघाटको त्रिशूली नदी किनारमा निर्माणाधीन गौरेश्वरधाम पुगेर धामको आर्थिक समितिका संयोजक हरिमान नगरकोटीलाई आफ्ना स्वर्गीय माताहरु भद्रकुमारी अमात्य र पूर्णकुमारी अमात्यको स्मृतिमा २५ हजार रुपैयाँ प्रदान गरेकी हुन् ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा बुधबार भएको पाँचौं ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस–२०२५’ कार्यक्रममा महिला उद्यमी सङ्घ नुवाकोटकी अध्यक्ष समेत रहेकी अमात्य सम्मानित भएकी थिईन् । अमात्यले ५१ हजार रुपैयाँ नगद सहित ट्रफी समेत प्राप्त गरेकी थिईन् ।
आयोजकले सातओटै प्रदेशबाट एक/एक जना महिला उद्यमीलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन’का रूपमा सम्मान गरेका थिए ।
अमात्य नेपाल उद्योग बाणिज्य महासंघको बागमती प्रदेश सदस्य र नुवाकोट उद्योग वाणिज्य सङ्घको पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
प्रतिक्रिया