sujim bazar advert

सूचना तथा सञ्चार प्रविधि दिवसमा रक्तदान

सुनील श्रेष्ठ     बैशाख १९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

can nuwakot blood donation program
Big Education Consultancy Nuwakot

१९ वैशाख, विदुर । नुवाकोटमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा विदुरमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको क्यान महासङ्घ नुवाकोटका अध्यक्ष नारायणकुमार घलेले जानकारी दिए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लोसमय रगतको अभाव भईरहेको समयमा क्यान महासङ्घ नुवाकोटले आयोजना गरेको रक्तदानले रगत अभाव टार्न थोरै भए पनि सहयोग पुर्‍याउने बताए ।

रक्तदानमा महिला तीन जना र पुरुष २७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी नुवाकोटका कार्यवाहक सभापति उद्धव शर्मा रिजालले जानकारी दिए । जिल्लामा बर्सेनि रगत माग बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने त्यस अनुपातमा बढ्न सकेको छैन । चालु आर्थिकवर्षमा रक्तदाता खोजी गर्नुपर्ने चुनौती देखा परेको उनले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नुवाकोटद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको ‘मे’ २ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

यसवर्ष राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको आठौँ संस्करण ‘सूचना प्रविधिको अभियान: डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ मनाइएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top