sujim advert

सूचना तथा सञ्चार प्रविधि दिवसमा रक्तदान

डबली खबर     २ हप्ता अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

can nuwakot blood donation program
bidur tax consultancy services in nuwakot

१९ वैशाख, विदुर । नुवाकोटमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा विदुरमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको क्यान महासङ्घ नुवाकोटका अध्यक्ष नारायणकुमार घलेले जानकारी दिए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लोसमय रगतको अभाव भईरहेको समयमा क्यान महासङ्घ नुवाकोटले आयोजना गरेको रक्तदानले रगत अभाव टार्न थोरै भए पनि सहयोग पुर्‍याउने बताए ।

रक्तदानमा महिला तीन जना र पुरुष २७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी नुवाकोटका कार्यवाहक सभापति उद्धव शर्मा रिजालले जानकारी दिए । जिल्लामा बर्सेनि रगत माग बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने त्यस अनुपातमा बढ्न सकेको छैन । चालु आर्थिकवर्षमा रक्तदाता खोजी गर्नुपर्ने चुनौती देखा परेको उनले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नुवाकोटद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको ‘मे’ २ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

यसवर्ष राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको आठौँ संस्करण ‘सूचना प्रविधिको अभियान: डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ मनाइएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top