२७ माघ, नुवाकोट । विदुर नगरपालिकाको बट्टारमा रहेको भिमसेन मन्दिरमा विशेष पुजा गरी नेवार समुदायले द्वादशी पर्व मनाएको छ ।
परापूर्वकालदेखि नेवार समुदायको इस्टदेवताको रुपमा रहेको भिमसेनको विशेष पूजा गरी द्वादशी पर्व मनाएको हो ।
नेवार समुदायले विशेष किसिमको समयबजि तयार पारी पुजाआजा गरी द्वादशी पर्व मनाएको स्थानीय नरेन्द्र प्रधानले बताए । हरेक वर्ष नेवार समुदायका मानिसहरुको सक्रियतामा सो पुजा हुँदै आईरहेको उनले बताए ।
यो दिनलाई महाभारतकाल र उनै दृढ–प्रतिज्ञ भीष्मसँग जोडिन्छ । भीष्म अष्टमीबाट शुरु भएको भीष्म पञ्चक व्रत आजको दिन समापन हुन्छ । एकदिन अगाडि भीमा एकादशीको व्रत लिएका व्रतालुहरुले विधिपूर्वक भगवान विष्णुको आराधना गरेर व्रत तोड्छन् । भीष्म द्वादशीको दिन विष्णु शहस्त्रानाम स्तोत्र पाठ गर्ने र विष्णुको कीर्तन गर्ने चलन छ ।
प्रतिक्रिया