+
Search

ताजा अपडेट +

पपुलर +

बागमती फुटबल लिगको खेल तालिका सार्वजनिक

bagmati football cup 2081
डबली खबर
१ साल अगाडी

२ पुस, हेटौंडा । दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलतालिका सार्वजनिक गरेका हुन् ।

यहि पुस १० गतेबाट हेटौंडाको क्याम्पा पिप्ले रंगशालामा हुने प्रतियोगितामा बागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउनेछन् ।

लिगमा मकवानपुरका पदमपोखरी युवा क्लब, चितवनका बिएफसी, धादिङका धुनिवेशी युथ समाज, नुवाकोटका बट्टार युथ क्लब, काठमाडौंका चित्लाङ फुटबल क्लब, भक्तपुरका थिमी युथ क्लब, काभ्रेका माउन्ट एभरेस्ट एफसी, सिन्धुपाल्चोकका चौतारा स्पोर्टिङ, दोलखाका टाइगर टिम र सिन्धुलीका ब्लु अल्पाइन र ललितपुरको क्लबहरु सहभागी हुनेछन् ।

प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने सङ्घका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ