३० मङ्सिर, कोलेनी । लायन्स क्लब अफ नुवाकोट त्रिशूलीले त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलाई सम्मान गरेको छ ।
आईतबार एक दिने आँखा र दाँत शिविर कार्यक्रममा अध्यक्ष बुढाथोकीलाई लायन्सका अध्यक्ष राजाराम अधिकारीले दोसल्ला ओढाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेका हुन् । सम्मानित बुढाथोकी लायन्स क्लबका सदस्य समेत हुन् ।
एक दिने आँखा र दाँत शिविरमा १६५ जना आँखा र १३५ जना दाँतका बिरामीले सेवा लिएको लायन्स क्लब अफ नुवाकोटका अध्यक्ष श्रीकृष्ण रिजाले जानकारी दिए ।
शिविरमा आँखा परीक्षण पश्चात् आवश्यक पर्ने विभिन्न पावरका चस्मा तथा आवश्यकता अनुसार विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो । साथै शिविरमा आँखा र दाँतको सुरक्षाबारे स्वास्थ्यकर्मीले जानकारी गराएका थिए ।

प्रतिक्रिया