sujim advert

महिला फुटबलमा नुवाकोट युनाइटेड च्याम्पियन

डबली खबर     कार्तिक ६, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nuwakot united footbal club women champion in din raat
bidur tax consultancy services in nuwakot

नुवाकोट – दिन रात संघको आजोजनामा भएको सेभेन ए साइड महिला खुला नकाउट फुटबल प्रतियोगिता नुवाकोट युनाइटेड फुटबल क्लब च्याम्पियन बनेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका-१४ पात्ले खेलमैदानमा सोमबार दिउँसो भएको फाईनलमा नुवाकोट युनाइटेडले धादिङको विद्यार्थी उपकार संघलाई ७-१ को गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

विजेता नुवाकोट युनाईटेडले ३० हजार र उपविजेता विद्यार्थी उपकारले १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

यस्तै सेमिफाईनलमा रोकिएका मेन्दोफोले युवा क्लव र रिलोड फुटबल क्लबले ५/५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नुवाकोट युनाईटेडकी जेनिफर राना सर्वश्रेष्ठ खेलाडी, सुशीला चौधरी उत्कृष्ट गोल रक्षक, मनिषा तामाङ उत्कृष्ट डिफेन्डर र एलिक्स तामाङ सर्वाधिक गोलकर्ता घोषित भएका छन् ।

प्रतियोगिताका प्रमुख अतिथि नीलकण्ठ नगरपालिका-१४ का वडाध्यक्ष नवराज दुवाडीले खेलकुदले युवा प्रतिभाहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न प्रोत्साहन दिएका छन् ।

महिला फुटबल प्रतियोगितामा १४ टिम सहभागी भएको थियो ।

nuwakot united footbal club women champion in din raat
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top