sujim advert

रेड अलर्ट जारी, ३४ जिल्ला ‘रेड जोन’ मा

डबली खबर     साउन २१, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

rain red alert in Nepal
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौँ – मनसुन न्यून चापीय रेखा भोलि (मंगलबार) देखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भोलिदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै विभागले खतराको सूचना अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा भोलिदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा निकै ठूलो पानी पार्ने विभागले जनाएको छ । विभागले भोलि र पर्सीका लागि ३४ वटा जिल्लालाई ‘रेड जोन’ मा राख्दै रेड अलर्ट जारी गरेको हो ।

विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ ।

यस्तै, लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ । यसैगरी मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।

भोलि र पर्सी बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ । राजमार्ग र हवाई यातायात पनि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी अपनाउन विभागले सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top