२०८१, १७ बैशाख सोमबार

फलाखु मुहान इन्टेक निर्माण सम्पन्न गर्न दवाव

डबली खबर     चैत्र २३ २०८० १७:३१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तेस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गतको फलाखु मुहान ‘इन्टेक’ निर्माण कार्य सम्पन्न गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।

आज शुक्रबार संस्थाका पदाधिकारी र तेस्रो साना शहरी खानेपानी आयोजना उपनिर्देशक मनिता वैद्यको टोलीबीच बसेको बैठकले उक्त निर्णय गरिएको संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठ जानकारी दिए । पटकपटकको पत्राचारलाई वेवास्ता गरेकोले उपनिर्देशक वैद्यको उपस्थितिमा दवावस्वरुप निर्णय गरिएको उनले बताए ।

संस्थाका अध्यक्ष श्रेष्ठका अनुसार इन्टेक निर्माण कार्य सम्पन्न गर्न शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना व्यवस्थापन कार्यालय काठमाडौंलाई पत्राचार गरिने भएको छ ।

उपनिर्देशक वैद्यको टोलीले फलाखु आयोजनामा भएको ढिलासुस्तीको स्पष्टीकरण लिनुको साथै विदुर नगरपालिका वडा नम्बर २ शेरास्थित तादी खोलाको किनारमा निर्माण सुरु भइरहेको समवेल प्रविधिबाट खानेपानी सञ्चालन गर्न आयोजनाको वस्तुस्थितिको स्थलगत अध्ययन गरेको छ ।

टोलिले समवेल आयोजनालाई पम्पिङ प्रविधिमाध्यमबाट प्रति सेकेण्ड ८० लिटर पानी रिचार्जको परीक्षण गरी कार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top