२०८१, १७ बैशाख सोमबार

गोरु जुधाइमा ‘तिल्के’ र ‘माले’ विजयी

सुनील श्रेष्ठ     माघ २ २०८० १६:४१

Ox fighting in Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – हरेक बर्षझैं माघेसंक्रान्तिको दिन नुवाकोटका विभिन्न स्थान ३८ हल गोरु जुधाइएको छ। तारकेश्वर गाउँपालिकाको चन्दनीमा १६, नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा नौ, पञ्चकन्या गाउँपालिकाको पञ्चकन्यामा आठ र शिवपुरी गाउँपालिकाको शेराबगरमा पाँच हल गोरु जुधाइएको हो।

मनोरञ्जनको रुपमा पञ्चकन्या गाउँपालिकाको पिपलडाँडामा भएको गोरु जुधाइमा जीवन थापाको ‘तिल्के’ र शिवपुरी गाउँपालिकाको शेराबगरमा विष्णु लिमिछानेको ‘माले’ प्रथम भएको छ । पिपलडाँडामा भएको गोरु जुधाइमा गोरु धनी थापाले नगद २० हजार र शेराबगरमा लिमिछानेले ३० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

पिपलडाँडामाको प्रतियोगितामा पञ्चकन्या गापा-५ भद्रुटारका सुवास थपलियाको गोरु द्वितीय र मिलन न्यौपानेको गोरु तृतीय भएका छ । गोरुधनीले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

शेराबगरमा भएको गोरु जुधाइमा राजेन्द्र थापाको गोरु द्वितीय र श्याम डङोलको गोरु तृतीय भएको छ । द्वितीय र तृतीय हुने गोरु धनीले क्रमशः २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको शेराबगर समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए । प्रतियोगिताका अन्य सहभागी गोरु धनीलाई नगद २/२ हजार रुपैयाँ प्रदान गरिएको छ ।

यसैगरी, बेत्रावतीमा भएको गोरु जुधाइमा चक्रबहादुर तामाङको गुरु प्रथम भएको छ । गोरुधनी तामाङले १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी गोरुलाई आयोजकले औषधि र भिटामिनको समेत व्यवस्था गरेको थियो । गोसाइँकुण्ड युवा क्लबले ०५३ साल देखि व्यवस्थित रुपमा गोरु जुधाउने मेला सञ्चालन गर्दै आईरहेको छ ।

तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित तारुकाको चन्दनीमा यस वर्ष १७ हल गोरु जुधाईएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । गोरु जुधाएर मनोरञ्जन लिने परम्परा २०६० सालदेखि चन्दनीमा गोरु जुधाउन थालिएको थियो । २०६२ सालदेखि गोरु जुधाइ समिति गठन गरेर आयोजना गरिदैं आईरहेको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top