sujim bazar advert

सहयोगी सहकारीको अध्यक्षमा रिजाल

डबली खबर     पुस १४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

new bod member of sahayogi multipurpose cooperative society limited nuwakot sahakari
Big Education Consultancy Nuwakot

नुवाकोट – सहयोगी बहुउद्देशीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा केदारप्रसाद रिजाल निर्वाचित भएका छन् ।

शनिबार (आज) भएको सहकारीको १६औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट रिजाल अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन संयोजक नारायण श्रेष्ठले जानकारी दिए ।

रिजालको अध्यक्षतामा नौ कार्यसमिति गठन भएको छ । यसअघि रिजालले गतआव २०७९/८० को जेठ महिनादेखि कार्यबाहक अध्यक्ष पद सम्हाल्दै आईरहेका थिए ।

सहकारीको उपाध्यक्षमा उमंगमान शाक्य, सचिवमा यादव अधिकारी र कोषाध्यक्षमा माधवप्रसाद अधिकारी चयन भएका छन् ।

यस्तै, सहकारीको सदस्यहरुमा सिर्जना गुरुङ, शर्मिला श्रेष्ठ, गोकर्ण थपलिया, कविन्द्र प्रधान र नवराज ओझा रहेका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा शारदाप्रसाद पौडेल चयन भएका छन् । सदस्यमा रामकुमार रिजाल र नविन डंगोल रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन संयोजक श्रेष्ठले सपथ ग्रहण गराएका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top