२०८१, १६ बैशाख आईतवार

सहयोगी सहकारीको निक्षेप सङ्कलनमा २५ प्रतिशत वृद्धि

डबली खबर     पुष १४ २०८० १६:५४

sahayogi multipurpose cooperative society limited nuwakot sahakari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

डिहिबजार – सहयोगी बहुउद्देशीय सहकारी संस्था लिमिटेडले गत आर्थिकवर्ष २०७९/८० मा थप २५ प्रतिशत निक्षेप सङ्कलन गरेको छ ।

शनिबार भएको सहकारीको १६औं साधारणसभा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा सहकारीका कार्यबाहक अध्यक्ष केदारप्रसाद रिजालले सहकारी एकीकरण, सामाजिक उत्तरदायित्व, सदस्यता विस्तारलगायतका आर्थिक प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका छन् ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष यादव अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिकवर्ष २०७९/८० मा सहकारीको शेयरपूँजी तीन करोड सात लाख ८० हजार ४०० रुपैयाँ पुगेको छ । प्रस्तावित गरिएकोभन्दा २० प्रतिशत वृद्धि भएको उनले बताए ।

यसैगरी सहकारीले प्रस्तावित गरिएको भन्दा गतआवमा २५ प्रतिशत वृद्धि गरी १८ करोड ७ लाख ३६ हजार ८४८ रुपैयाँ निक्षेप सङ्कलन गर्न सफल भएको छ । सहकारीको सम्पत्ति १८ करोड १९ लाख २२ हजार ९८१, आम्दानी १ करोड ४० लाख १६ हजार ७८७ र खर्च एक करोड २२ लाख ५२ हजार ९२४ रुपैयाँ रहेको छ । गत आवमा सहकारीले शेयरसदस्यको स्वास्थ्य उपचार्थ नौ लाख ६० हजार रुपैयाँ राहत र कर्मचारीलाई ४६ हजार १८९ रुपैयाँ बोनस दिएको छ ।

यस्तै, लेखा सुपरिवेक्षण समितिका सदस्य नविन डङ्गोलले प्रगति विवरण र सुझाव प्रस्तुत गरेका छन् ।

सहकारीले साधारणसभाको अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट ऋण र बचत कारोबार गर्नेलाई सम्मान गरेको छ । सम्मानित हुनेमा क्रमशः हस्तबहादुर बोगटी, नवराज बोगटी र हरिराम अधिकारी रहेका छन् । सहकारीले ३४ जना बचत सदस्यहरुलाई बाल बचतबाट सम्मान गरेको छ ।

यस्तै, कार्य सम्पादनको आधारमा माधवप्रसाद अधिकारीलाई गतवर्षको उत्कृष्ट कर्मचारी घोषित गरेको छ । सम्मानित हुनेलाई दोसल्ला तथा खादा ओढाई सम्मान तथा कदरपत्र प्रदान गरिएको सहकारीका व्यवस्थापक राजु अधिकारीले जानकारी दिए ।

हाल सहकारीमा एक हजार ४६० शेयर सदस्य रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top