२०८१, १८ बैशाख मंगलवार

काफलगेडी सहकारीको सम्पत्ति ९ करोड नाघ्यो

डबली खबर     मंसिर १८ २०८० १२:३७

kafalgedi cooperative nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पत्ति ९ करोड २५ लाख २० हजार ८६८ रुपैयाँ पुगेको छ ।

सहकारीले प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा १७ करोड रुपैयाँ कारोबार गरी उक्त सम्पत्ति आर्जन गरेको छ ।

सहकारीले साधारणसभाको अवसरमा विभिन्न विधामा आफ्ना शेयरसदस्य र कर्मचारीलाई सम्मान गरिएको सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

सम्मानित हुनेमा कृषितर्फ गरबहादुर तामाङ (फलफुल), सोमबहादुर तामाङ (तरकारी) र रुपबहादुर तामाङ (पशुपालन) रहेको छ ।

सहकारीले बचततर्फ राधिका घलान, हरिराम अधिकारी र पूर्णबहादुर मिजारलाई सम्मान गरेको छ । यस्तै, कर्जातर्फ भानु पाण्डे र फुलमाया तामाङ सम्मानित भएका छन् ।

सहकारीले आव २०७९/०८० मा कुशल कार्य गरेकी सहकारीका सहायक लेखापाल प्रमिला गुरुङ उत्कृष्ट कर्मचारी घोषित गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top