+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका विभिन्न स्थानमा प्रहरी यात्रु सहायता कक्ष

police help desk in nuwakot
डबली खबर
२ साल अगाडी

विदुर – नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी नुवाकोटमा विभिन्न स्थानमा प्रहरीले यात्रु सहायता कक्ष सुरु गरेको छ। आईतबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए।

प्रहरीले विदुर नगरपालिकाको ढुंगे र बट्टार बसपार्क, तादी गाउँपालिकाको खरानिटार र लिखु गाउँपालिकाको ढिकुरेमा सहायता सञ्चालनमा राखेका छन् ।

चाडपर्वमा हुने सवारीसाधन तथा यात्रुहरु भिडभाड हुने स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी यात्रुहरुको गुनासो सुन्न, यात्रा सहज बनाउन, यात्राफमा चोरी भएमा तत्काल प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधनले वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाई गरेमा, तोकिएभन्दा बढी भाडादर लिएमा तत्काल प्रहरीलाई जानकारी गराउन र यात्रालाई सहज बनाउने उद्देश्यले यात्रु सहायता स्थापना गरिएको प्रहरीले जनाएको छ ।

यसअघि कार्यालयले नुवाकोट जिल्ला प्रवेशका दुई नाकाहरु कोल्पुटार र शिवपुरीको गुर्जेभञ्ज्याङमा चेकजाँचको व्यवस्था गरेको थियो । सवारी साधनको सिट क्षमता, बढी भाडादर, ट्राफिक नियम पालना भए नभएको सम्बन्धि चेकजाँच गरी नियम विपरितका सवारी साधनहरुलाई कानूनी कारवाहीको दायरामा ल्याईने प्रहरी प्रमुख थापाले जानकारी दिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ