२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

प्याब्सन खुला लोक नृत्यमा जेडी स्कूल प्रथम

सुनील श्रेष्ठ     भाद्र ३१ २०८० १९:११

pabson open folk dance competition winner
pratik book and stationery center in nuwakot

विदुर – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति नुवाकोटले बट्टारमा आयोजना गरेको प्याब्सन खुला लोक नृत्य प्रतियोगिता-२०८० मा जालपादेवी बोर्डिङ स्कुल प्रथम भएको छ।

प्रतियोगितामा सहभागी १८ विद्यालयको सहभागिता रहेको प्रस्तुतिमध्ये गत वर्षको लोकनृत्यका विजेता जेडी स्कुल प्रथम भएको हो। विद्यालयले नगद १० हजारका साथै प्रमाणपत्र जितेको छ।

अब जेडीले बागमती प्रदेशस्तरीय नृत्य प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्याब्सनका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, गणेशभ्यु बाटिका द्वितीय र सुभेनियर बोर्डिङ तृतीय भएका छन् । विजेताले आठ हजार र छ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा समान २१.५ अंक प्राप्त गर्दै नुवाकोट ग्लोरी इङलिस बोर्डिङ स्कुल र ओम माने पब्लिक स्कुलले सान्त्वना प्राप्त गरेका छन् । सान्त्वनाले नगद चार हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्याब्सनका अध्यक्ष कार्कीले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने क्रियाकलापहरूको आयोजना र सहभागिताबाट समय सापेक्षरूपमा अनेक किसिमका प्रतिभाको निर्माण हुने विश्वास लिईएको उनले बताए ।

प्याब्सन जिल्ला कार्यसमिति नुवाकोटले वार्षिक कार्यक्रम अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता गरेको जनाएको छ । विगतका वर्षझैँ यस वर्ष पनि उक्त प्रतियोगितामा विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा कमलबहादुर जोशीको संयोजकत्वमा निर्णयाकमण्डल रहेको थियो ।

कार्यक्रममै भदौ २३ गते आयोजित चित्रकला र लेखन प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top