२०८१, १६ बैशाख आईतवार

प्याब्सन खुला लोकनृत्यमा जेडी बोर्डिङ्ग स्कुल प्रथम

डबली खबर     कार्तिक २७ २०७९ १९:३८

nuwakot pabson open flok dance competition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – प्याब्सन नुवाकोटद्वारा आयोजित खुला लोकनृत्य प्रतियोगितामा जालपादेवी (जेडी) बोर्डिङ्ग स्कुल प्रथम भएको छ ।

आईतबार बट्टारमा भएको प्रतियोगितामा जेडी बोर्डिङ्गले उत्कृष्ट कला प्रस्तुत गर्दै प्रथम भएको निर्णायकमण्डलका संयोजक कमलबहादुर जोशीले जानकारी दिए । प्रतियोगितामा त्रिशुली सामुदायिक बोर्डिङ्ग स्कुल द्वितिय र सोभिनियर बोर्डिङ्ग स्कुल तृतीय भए । यस्तै, हिमालयन एकेडेमीले सान्त्वना प्राप्त गरे ।

शैक्षिक विकासको साथै संस्कृतिको संरक्षणको जगेर्नाको लागि लोकनृत्य प्रतियोगिता आयोजन गरिएको प्याब्सनका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

विभिन्न जातजाति, भाषाभाषीहरुले विभिन्न समय र अवसरमा नाच्ने गरेको नृत्यलाई विद्यार्थीले कला प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा नुवाकोट प्याब्सनमा आबद्ध १९ निजी विद्यालयहरुको सहभागिता थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top