sujim bazar advert

नुवाकोटमा विविध कार्यक्रम गरी मनाइयो बाल दिवस

डबली खबर     भदौ २९, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

59th national children day in nepal nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी नुवाकोटमा पनि विभिन्न ठाउँमा मनाइएको छ । वि.सं. २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो ।

बाल दिवसको अवसरमा नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । जिल्लाका विभिन्न विद्यालयहरुले पनि प्रभातफेरी, नृत्य प्रदर्शन, खेलकुद, हिज्जे, हाजिरीजवाफका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

सदरमुकाम विदुरमा रहेको दियो पाठशाला मन्टेश्वरीले विविध खेलकुद, हिज्जे प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बाल दिवस मनाईएको छ ।

यस्तै, बट्टारमा रहेको सुभेनियर बोर्डिङ स्कूलले ब्यानर, प्लेकार्डको साथमा नारा लगाउँदै बृहत प्रभातफेरी गरी मनाएको छ । स्कूलदेखि संगमचोक, बट्टार बजार, पुरानो पाटी र हावाघरमा गएर कोणसभा गरिएको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले जानकारी दिए । कोणसभामा विद्यार्थीहरुद्वारा बाल अधिकारसम्बन्धी भनाइ राखेको प्रधानाध्यापक कार्कीले जानकारी दिए ।

त्रिशूलीमा रहेको त्रिभूवन त्रिशूली माध्यमिक विद्यालय र खतिवडा सेवा समाज बेलकोटगढीले छुट्टाछुट्टै नगरपालिकास्तरीय माध्यमिक विद्यालय हाजिरीजवाफ आयोजना गरेको छ । यस्तै, नेपाल रेडक्रस सोसाइटी जुनियर उपसमितिले बालमैत्री समाज निर्माणमा युवाको भूमिका विषयकमा म्यागङ गाउँपालिकाको विन्दुकेशर माविमा वक्तृत्वकला आयोजना गरी बालदिवस मनाएको छ ।

बालदिवसका अवसरमा आयोजित प्रतियोगिताका विजयी विद्याथीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मीदेवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल संगठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकार सम्बन्धी महासन्धी पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालिएको हो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top