sujim advert

बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता हुने

डबली खबर     भदौ १८, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

quiz tribhuvan trishuli secondary school nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – त्रिशूलीमा बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ।

विदुर नगरपालिका वडा नम्बर-१ मा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले माध्यामिक तहसम्मको हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको हो।

“बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” मूल नाराका साथ भदौ २९ गते बाल दिवसका अवसरमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने विद्यालय प्रधानाध्यापक महेन्द्र राउतले बताए। प्रतियोगितामा विदुर नगरपालिकाका निजी र सरकारी सबै विद्यालयहरुले सहभागिता जनाउन सकिने प्रधानाध्यापक राउतले जानकारी दिए।

प्रत्येक समूहमा तीन जना हुनुपर्ने भने भने एक छात्रा अनिवार्य हुनुपर्ने छ ।

प्रतियोतामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार, ४ हजार ५०० र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ।

सहभागिताको लागि विद्यालयको इमेल tribhavantrishuli@gmail.com मा सहभागीहरुको नाम, कक्षा र शिक्षक प्रतिनिधिको नामसहित भदौ २७ गतेसम्म दर्ता गर्नुपर्ने छ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top