२०८१, २२ बैशाख शनिबार

टि-२० क्रिकेट: रणभूमेश्वरी ४३ रनले विजयी

डबली खबर     फाल्गुन २९ २०७९ १८:०७

nuwakot can 6th inter college t20 cricket tournament
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – छैठौं अन्तरकलेज टि-२० क्रिकेट प्रतियोगितामा रणभूमेश्वरी मावि विजयी भएको छ । नुवाकोट क्रिकेट संघको आयोजना प्रतियोगितामा नारायणदेवी माविलाई ४३ रनले पराजित गर्दै जित निकालेको हो ।

बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको फाइनल खेलमा रणभुमेश्वरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एकसय २६ रन बनायो ।

रणभुवनेश्वरीका राजेश रिमालले सर्वाधिक २७ रन र पवन राईले बिस्फोटक ब्याटिङ गर्दे ८ बलमा २२ बनायो । यसैगरी राजन थापामगरले नटआउट रहँदै १६ रन बनाउन सफल भए ।

खेलमा नारायणदेवी माविले निर्धारित २० ओभरको खेलमा १० विकेट गुमाई ८३ रनको सामान्य योगफल बनायो । नारायणदेवीका आशिक नेपालीले २९ र सुनिल अधिकारीले १३ रन बनाए । बलिङतर्फ नारायणदेवीका आशिक नेपाली र सुवोद लामिछानेले समान ४/४ विकेट लिए ।

खेलमा राजेश रिमाल म्यान अफ द म्याच घोषित भए ।

विजयी र उपविजयीले क्रमशः २५ हजार र १५ हजार नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिए ।

प्रतियोगितामा आशिक नेपाल उत्कृष्ट बलर, राजेश रिमाल उत्कृष्ट ब्याटमान र आशिक नेपाली उत्कृष्ट खेलाडी घोषित भए ।

विजयीलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, ४ नम्बरका वडाध्यक्ष निलमबाबु ढुंगेल, नुवाकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्यलगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गरे ।

फाल्गुण २६ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा रणभुवनेश्वरी मावि, नारायणदेवि मावि, नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार र त्रिभुवन त्रिशुली माविको सहभागिता रहेको संघका कोषाध्यक्ष विराटमानसिंह डंगोलले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top