२०८१, १६ बैशाख आईतवार

हुलाक दिवसमा दुई कर्मचारी सम्मानित

डबली खबर     आश्विन २३ २०७९ १९:३९

halkara urmila shrestha nuwakot post office
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आज १४८औँ विश्व हुलाक दिवस । जिल्ला हुलाक कार्यालय नुवाकोटले उत्कृष्ट कार्य गरेको भन्दै अवसरमा आफ्ना दुई कर्मचारीलाई आइतबार सम्मान गरेको छ।

कार्य सम्पादनका आधारमा हुलाक दिवसको अवसरमा कार्यालयमा कार्यरत हलकारा उर्मिला श्रेष्ठ र माया तामाङलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको कार्यालयका प्रमुख नन्दकिशोर यादवले जानकारी दिए ।

यस्तै, आज कार्यालयमा पहिलो सेवा लिन आउने सेवाग्राही कालीगण्डकी गाउँपालिका-१ बसन्त घर्तीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top