२०८१, १६ बैशाख आईतवार

विश्व हुलाक दिवस: उत्कृष्ट र सेवा निवृत्त कर्मचारी सम्मानित

    आश्विन १६ २०७६ १४:०३

district post office nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालयले उत्कृष्ट र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ ।

उत्कृष्ट कर्मचारीमा गोपाल प्रसाद अधिकारीलाई र सेवा निवृत्त कर्मचारीमा श्याम श्रेष्ठ, धर्मदत्त भट्ट, बलराम पुडासैनी र पूर्णलाल गुरुङलाई सम्मान गरेको हुलाक अधिकृत नारायणप्रसाद चापागाईंले जानकारी दिए ।

हाल जिल्ला हुलाकसहित १३ स्थानमा हुलाक इलाका र ५० स्थानमा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा पुर्‍याइँदै आएको छ । त्यस्तै, चिट्ठीपत्र र हुलाक टिकट बिक्रीको कार्य गर्दै आएको छ । विगतमा लोकप्रिय रहेको हुलाक बचत बैंकको कर्जा लगानी र नयाँ सदस्य विस्तार, पाँच स्थानमा रहेका टेलिसेन्टर, लोकसेवाले माग गरेका विज्ञापनमा आवेदन सङ्कलन लगायतका सेवा हाल बन्द भएका छन् ।

सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घटेको छ । यद्यपि, सरकारी कामकाज, पत्रिका दर्ताका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको छ ।

सन् १८७४ अक्टुबर ९ तारिखमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष हुलाक दिवस मनाउने गरिएको छ । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top