२०८१, १७ बैशाख सोमबार

पिपलटार फुटसलको उपाधी च्वाडी र चन्द्रज्योतिलाई

डबली खबर     भाद्र ११ २०७९ २०:१९

pipaltar futsal cup winner nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पिपलटार फुटबल क्लबको आयोजनामा भएको अन्तरविद्यालय फुटसलको उपाधी चन्द्रज्योति माध्यमिक विद्यालय र च्वाडी पब्लिक माध्यमिक विद्यालयले उचालेको छ।

शनिबार भएको छात्रातर्फ फाइलनमा चन्द्रज्योतिले अर्किड एकेडमीलाई १-० गोलअन्तर र छात्रतर्फ अर्किड एकेडेमीलाई १-२ गोल अन्तरले हराउँदै च्वाडीले उपाधि हात पारेको हो ।

छात्रातर्फको खेलमा चन्द्रज्योति माविकी मनिषा तामाङको एक गोलनै निर्णायक गोल बन्यो । छात्रतर्फ च्वाडी माविका संजिव तामाङले दुई गोल गरे भने अर्किडका संजोक कोइरालाले एक गोल गरे ।

विजेता र उपविजेतालाई नेकपा एकीकृत समाजवादीका पोलिब्युरो सदस्य एवम् पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले संयुक्तरुपमा नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे ।

छात्र र छात्रातर्फ विजेताले क्रमशः नगद सात हजार र पाँच हजार प्राप्त गरे भने उपविजेताले तीनहजार र दुईहजार प्राप्त गरे ।

सेमिफाइनलमामा छात्रतर्फ अर्किडले चन्द्रज्योतिलाई ३-० र च्वाडीले संस्कृत माविलाई १-० गोलअन्तरले हराउदै फाइनल पुगेको थियो ।

प्रतियोगितामा चन्द्रज्योतिका मनिषा तामाङ (छात्रा) र च्वाडीका संजिव तामाङ (छात्र) उत्कृष्ट खेलाडी घोषित भए ।

शुक्रबार र शनिबार दुई दिन भएको प्रतियोगितामा जिल्लाका निजि तथा सामुदायिक २० विद्यालयका १४ छात्र र ६ छात्रा समुहले सहभागिता लिएको आयोजक क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top