विदुर – नुवाकोटमा फुटसल मैदानको उद्घाटन गरिएको छ । विदुर नगरपालिका वडा न. ५ को पिपलटारमा निर्माण भएको मैदानको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
विदुर नगरपालिकाको सहयोगमा निर्माण गरिएको मैदानको बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले नुवाकोटमा फुटसल मैदानको निर्माण हुनु खेल क्षेत्रका लागी खुशीको कुरा रहेको बताए ।
विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ताहरु एक स्थान भेला नहुने समयमा खेल क्षेत्रले एकै स्थान सबैलाई भेला गर्न भएकोले खेल महत्वपूर्ण रहेको बताए । खेलले जोड्न मद्दत गर्ने छ । देशलाई खेलले चिनाउने भएकोले खेलप्रति युवालाई उत्प्रेरीत गर्नुपर्ने बताए । शहरिया जीवनयापनले हाम्रो स्वास्थ्य जीवन कमजोर बनिरहेको हुनाले खेलले मानिसको स्वास्थ्य राम्रो बनाउने उनको भनाइ छ ।
कार्यक्रममा क्लबका अध्यक्ष उद्धव पनेरुले फुटसल हुने खानेले मात्र खेल्ने नभएर सबैको पहुँचमा पुर्याउने उद्देश्यले मैदान निर्माण गरिएको बताए । पिपलटार क्लबलाई जिल्लाहुदैं राष्ट्रियस्तरको ए डिभिजन खेलसम्म पुर्याउन फुटसल खेल मैदानको मद्दत पुग्ने विश्वास लिएको उनले बताए ।
फुटसल मैदान पिपलटार फुटबल क्लबले निर्माण गरेको हो । करिब ५५ लाखको लागतमा निर्माण भएको उक्त मैदानमा विदुर नगरपालिकाको १० लाख सहयोग रहेको छ ।
ग्रासरुटदेखि तालिम दिएर खेलाडी उत्पादन गर्ने अभियानमा क्लब लागेको छ ।

प्रतिक्रिया