नुवाकोट – पिपलटारको चारघरे गाउँ स्थित एक घरको भान्छाकोठामा भएको ग्याँस पड्केर अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अत्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयबासी घाइते भए ।
त्यसैमध्ये एक जनाले वारुणयन्त्र र सुरक्षाकर्मीलाई फोन गरेर जानकारी गरायो । आगो निभाउन जबरजंग गणका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विपद् युनिटका टिमहरुहरु आइपुगे । घाइतेहरुको उद्घारका लागि तत्कालै नेपाल रेडक्रस सोसाइटीको विपद् युनिटका कर्मचारीहरु पनि आईपुगे ।

घटनास्थल पुगेका सेना, सशस्त्र र नेपाल प्रहरीलगायत स्थानीयहरुले आगो निभाउन थाले । फेरी घरमा भएको अर्को ग्यासको सिलिण्डर चुहावट भइ आगो लाग्न सुरु गर्यो । पुन: सुरक्षा विधि अपनाएर नेपाली सेनाले आगो निभाए । पानी ट्यांकीमा पेट्रोलियम पदार्थ परेकोले त्यहाँ पनि आगो सल्कियो । सशस्त्र प्रहरीले कम्बललाई पानीमा भिजाएर उक्त ट्यांकीमाथि छोपिदियो र आगो आगो निभाए ।

ग्याँस पड्केर आगो लागेको केहि समयपछि करेन्ट सट भइ फेरी दिलमाया खाजा घर जल्न थाल्यो । नेपाल विद्युत प्राधिकरणको नोलाईटमा फोन गरेर विद्युत आपूर्ति बन्द गर्न लगाए । नेपाली सेनाले घरमा लागेको बिजुलीको तार काटी दिए । फाईर बिर्गेडले घरमा लागेको आगो निभाउन थाले । स्थानीयले पनि हरियो बिरुवाको हाँगो भाँचेर आगो निभाउन थाले । आगोबाट केहि मानिस घाईते भयो । नेपाल रेडक्रसका समुहले घाईतेको प्राथमिक उपचार गरे । पसलमा भएको धनमाल सबै जलेर नष्ट भयो ।

घटना घटेको नजिक वनमा चुरोट खाएर चुरोटको ठुटो ननिभाई त्यसै फाल्दा वनभरि आगो लाग्न थाल्यो । स्थानीयवासीबीच खैलाबैला मच्चियो । विपद युनिकलाई फोन गरे । विपद युनिट समयमै आए । युनिट टिम र स्थानीयहरुले आगो निभाउन कस्सिए । सेना, सशस्त्र, प्रहरी र वन डिभिजनका अग्नि नियन्त्रकहरुले आगलागी निभाउन प्रयोग गरिने विभिन्न औजार प्रयोग गर्न थाले । कसैले माटो खनेर, कसैले हरियो बिरुवाको हाँगो भाँचेर र कसैले पानी छ्यापेर आगो निभाउन थाले । सबै मिलेर आगो निभाए । वनमा लागेको आगो करिब १५ मिनेटमा निभाए । आगलागीबाट कुनै मानवीय र जीवजन्तुमा क्षति भएन ।

वनमा सल्केको आगोको झिल्काले वस्तीमा आगो लाग्न थाल्यो । नुनीया मासु पसलमा सल्केको आगोले मुस्लो रुपमा लियो । आपतकालीन युनिटमा खबर गरेर विदुर नगरपालिकाको वारुणयन्त्रमा खबर गर्यो । आगो बढ्दै गयो । आगो निभाउने प्रयास जारी रह्यो । आगो नियन्त्रणभन्दा बाहिर गयो । घर पूर्ण रुपले जल्यो । दमकल आयो । अग्नि नियन्त्रण कर्मचारीहरु आगो निभाउन दमकलमा भएको पानी प्रयोग गर्न थाले । आगलागीबाट घर पूर्ण नष्ट भयो । तर आगोको लप्का अझै बाँकी थियो । दमकलका अग्नी नियन्त्रक राजकुमार कोइरालाको समुहले आगो निभाउन सफल भए । तर त्यति गर्दा घर सबै जलेर नष्ट भईसकेको थियो । मानवीय क्षति हुन पाएन । सबैले विपद युनिट समुहले आगो नियन्त्रणमा लिए ।

आगलागीबाट क्षति भएको घाईते भएका मानिस, धनमाल, जिन्सीलगायतको टिपोट नेपाल प्रहरीले गरी प्रशासनमा बुझाए । सोहि विवरण अनुसार राहत वितरणको लागि प्रक्रिया अघि बढाईयो ।
यो वास्तविक घटना नभई विपद्को समयको साङ्केतिक अभ्यास थियो । जिल्ला विपद व्यवस्थापन समितिले विदुर नगरपालिका-५ पिपलटार चन्द्रज्योति माध्यमिक विद्यालयको खेल मैदानमा गरेको विपद्को पूर्वतयारी र विपद्का समयमा गरिनुपर्ने उद्धार र राहतको साङ्केतिक अभ्यास गरिएको हो ।
विदुर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन डिभिजनका विपद युनिट र नेपाल रेडक्रसले विपद् प्रतिकार्यको प्रदर्शन शुक्रबार बिहान चन्द्रज्योति माविको खेलमैदानमा उद्धारकर्ताले विपद्मा गरिने उद्धार कला प्रदर्शन गरेका हुन् ।
प्रदर्शनीमा आगलागी नियन्त्रण सम्बन्धि प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रमुख अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रतिक्रिया