२०८०, १६ चैत्र शुक्रबार

लायन्स उद्यमी गाउँमा स्वास्थ्य शिविर र झुल वितरण

डबली खबर     फाल्गुन २३ २०७८ ११:२६

lions nuwakot upreti free health camp bidur keurini
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – लायन्स क्लब अफ नुवाकोट उपकारद्वारा केउरिनीमा रहेको लायन्स उद्यमी गाउँमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पिपुल्स मेडिकल कलेज र दृष्टि आँखा केन्द्रको सहयोगमा करिब एकहजार बिरामीहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको लायन्स क्लबका चार्टर प्रेसिडेन्ट सन्तोष उप्रेतीले जानकारी दिए ।

शिविरमा चिकित्सकको पुर्जीअनुसार बिरामीहरुलाई नि:शुल्क चश्मा र औषधी वितरण गरिएको छ । साथै, शिविरमा लामखुट्टेको टोकाईबाट सुरक्षित रहनको लागि लायन्स उद्यमी गाउँका एकसय तीन घर धुरीलाई झुल समेत वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत गरिबी निवारण, स्वास्थ्य तथा शिक्षा पर्यावरण क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

व्यवसायिक कृषि उत्पादन, साना उद्योग एवं पर्यटन व्यवसायलाई उजागर गरि गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्नेको लागि लायन्स क्लबले गाउँहरुलाई उद्यमशिलता मार्फत दिगो विकासतर्फ अगाडी बढाउन विदुर नगरपालिका-८ केउरिनीमा नमुना गाउँको पञ्चे वर्षे योजना सञ्चालित छन् ।

शैक्षिक सामाग्री वितरण

लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले तारकेश्वर गाउँपालिका वडा नम्बर ४ दर्शनटार स्थित गाैरेश्वर आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक र स्टेशनरी सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष बैकुण्ठ रिमालले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top