२०८०, १६ चैत्र शुक्रबार

केउरेनीमा मुहार हसाउँने “लायन्स उद्यमी नमुना गाउँ”

डबली खबर     आश्विन १९ २०७८ १२:३३

service for a smile lions clubs linternational district 325 b1 Nepal model village program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ८ स्थित केउरनीलाई मुहार हसाउँने “लायन्स उद्यमी नमुना गाउँ”काे रुपमा विकास गरिने भएको छ ।

व्यवसायिक कृषि उत्पादन, साना उद्योग एवं पर्यटन व्यवसायलाई उजागर गरि गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्नेको लागि लायन्स क्लबले गाउँहरुलाई उद्यमशिलता मार्फत दिगो विकासतर्फ अगाडी बढाउन यस प्रकारको नमुना गाउँको पञ्चे वर्षे योजना ल्याईएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ ले जनाएको छ ।

सोमबार लायन्स क्लबकाे आयोजनामा समुद्घाटन प्रमुख अतिथि नुवाकोट क्षेत्र नं. २ का संघिय सांसद नारायणप्रसाद खतिवडाले एक समारोहका विच नमुना गाउँकाे समुद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले कृषि सामाग्रीकाे सामूहिक रुपमा उपयोग गरेर आर्थिक रुपमा सम्पन्न हुने तर्फ लाग्न केउरेनी बासिलाई अनुरोध गरेका छन् ।

लायन्स क्लबका डिस्ट्रिक गभर्नर लायन विश्वेश्वर आचार्यले नमुना गाउँका जनताले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।

लायन्स उद्यमी नमूना गाउँ नुवाकोटका प्रमुख श्रीकृष्ण रिजालका अनुसार नमूना गाउँ केउरेनीमा ९० घरपरिवारलाई समेटिएकाे छ । जहाँ दलित समुदायको बस्ती, आर्थिक उन्नती नभएका समुदायको बस्तिको जीवन उकास्नको लागि केउरिनीलाई छनौट गरिएको बताए । नमुना गाउँबाट उत्पादन भएको कृषि उपज तथा अन्य उत्पादित सामाग्रीको बजारीकरण पनि लायन्स क्लबले गर्नेछ । मासिक रुपमा नमुना गाउँको अनुगमनको साथै निरीक्षण गरिने छ । “अनुरुप मुहार हसाउँने” मूल नारासहित गाउँका परम्परागत स्वाद र परिकारको जगेर्ना र बजरिकरणमा समेत लायन्स क्लबले भूमिका खेल्ने उनले बताए ।

नमुना गाउँलाई कृषि उपज उत्पादनको लागि आवश्यक उपकरण, औजार, बिउबिजन ब्याडे राँगो, बोयर जातका बोकाको साथै कुटानी पिसानी उपकरण, कपडा सिउने मेसिन, दुनाटपरी गास्ने मेसिन, पानी छान्ने फिल्टर, त्रिपाललगायतका सामाग्रीहरु करिब १५ लाख बराबरको सामानहरु उपलब्ध गराईएको लायन्स क्लब्स इन्टरनेशनलका क्लस्टर चिफ अनुजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

दिगाे विकासकाे अवधारणा अनुसार देशभरिबाट नुवाकोटकाे केउरेनी लगायत अन्य १३ वटा जिल्लाका गाउँलाई लायन्स क्लबले माेडल भिलेजकाे रुपमा विकास गर्न लागेको हाे। गत भाद्र २ गतेदेखि लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालले यो वर्षको मुख्य कार्यक्रम कास्कीबाट शुभारम्भ गरेको हो । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top