२०८०, ६ चैत्र मंगलवार

सी डिभिजन लिग छनौट: नुवाकोट र बाजुरा भिड्दै

डबली खबर     आश्विन २५ २०७८ १३:४३

nuwakot united fc vs bajura football
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सहिद स्मारक “सी” डिभिजन लिग छनौट खेलको फाइनलमा नुवाकोटले आज बाजुराविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समुह पी-जेड अन्तर्गतको फाईनलमा नुवाकोट युनाईटेड फुटबल क्लब नेपालले रानिबन स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल अहिले २ बजे सुरु हुदैंछ ।

नुवाकोट युनाइटेडले नुवाकोटले लिग चरणदेखि नै उत्कृष्ट क्लबहरुलाई पाखा लगाउँदै समूह चरणको फाईनलमा पुगेको हो ।

गोकर्णेश्वर फुटबल क्लबलाई २-०, अमरसिंह फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै ६ अंक हासिल गरी समूह चरणको शिर्ष स्थान पुगेको हो ।

यस्तै, क्वाटरफाईनलमा छोङार्न फुटबल क्लब काभ्रेलाई टाईब्रेकरमा ४-५ र सेमिफाइनलमा सत्य संसार रिले फुटबल क्लब भक्तपुरलाई ४-३ गोल अन्तरले पन्छाउँदै स्वर्णिम फाईनल यात्रा तय गरेको हो ।

२०७० मा स्थापित नुवाकोट युनाईटेडले ग्रास रुट तालिमदेखि क्लबका केहि सदस्यहरुले “बी” डिभिजनसम्मका खेलहरु खेलिसकेका छन् ।

बाजुराका रानिबन स्पोर्ट्स क्लबले भ्याली इगल फुटबल क्लबलाई ३-०, सन्तोष फुटबल क्लबलाई ५-२, विराट सांग्रिला स्पोर्टिङ क्लबलाई २-०, चौतारा स्पोर्टिङ क्लबसँग बराबरीमा र राप्ती रिभर युवा क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाईनलमा पुगेको हो ।

२०५८ सालतिर सानो चौरमा फुटबल खेल्न थालेका बाजुराका युवाहरुको दुई दशकपछिको सपना फाईनलमा नुवाकोटसँग भिड्दै छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top