२०७८, ११ कार्तिक बिहीबार

मस्कोमा अनुको विजयी सुरुवात

डबली खबर     आश्विन १७ २०७८ ११:२९

anu adhikari
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – रसियाको मस्कोमा जारी कराते वान प्रिमियर लिगमा नुवाकोटकी अनु अधिकारीले विजयी सुरुवात गरेकी छिन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनुले ५५ केजी कुमुतेमा आफू भन्दा माथिल्लो वरियताकी स्पेनिस खेलाडीलाई ४–१ ले हराउँदै अर्को चरणको यात्रा गरेकी हुन् ।

करातेको विश्व वरियताको १ सय ६३ औंमा रहेकी अनुले ६१ औं स्थानमा रहेकी खेलाडीलाई हराएकी हुन् । अबको चरणमा अनुले वरियताको छैटौं स्थानमा रहेकी ब्राजिलियन खेलाडीको सामना गर्ने छिन् । प्रिमियर लिग वरियता प्रतियोगिता समेत रहेको छ ।

प्रतियोगितामा विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीको सहभागिता रहेको छ । हरेक तौल समूहमा बिश्वका ६४ खेलाडी रहेको बताइएको छ ।

११ औं सागमा रजत पदक जितेकी अनुले झन्डै दुई वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं सागमा स्वर्ण पदक जितेकी थिइन् । उनले एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरिसकेकी छिन् ।



Sani Chitrakar min


Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top