२०७८, ११ कार्तिक बिहीबार

दोस्रो म्यागङ कप फुटबल हुदैं

डबली खबर     आश्विन १५ २०७८ १२:२८

2nd Megyang Football 2078 Nuwakot
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – स्टार एलजी युवा क्लबको आयोजनामा दोस्रो म्यागङ कप फुटबल प्रतियोगिता यहि असोज २१ देखि कार्तिक १ गते सम्म हुने भएको छ।

क्लबका अध्यक्ष धनसिंह तामाङका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमश: ५० हजार र २० हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

दशैं तिहारको अवसरमा हुन लागेको प्रतियोगितामा टिम सहभागिता दर्ताको अन्तिम समयावधि असोज २० गतेसम्म रहेको छ। दर्ता शुल्क ६ हजार रूपैयाँ लाग्नेछ भने टिममा खेलाडी ८ र वैकल्पिकमा ५ जना हुनुपर्नेछ ।

खेलभरबाट अनुशासित टिम, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक छनौट गरी मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

म्यागङ गाउँपालिका वडा नं ३ देउरालीमा रहेको क्लबले खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि भन्ने मूल नारासहित आयोजना गर्न लागिएको जनाएको छ ।



Sani Chitrakar min


Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top