२०८१, १९ बैशाख बुधबार

नुवाकोट युनाईटेड विजयी

डबली खबर     आश्विन १३ २०७८ १५:१०

nufu win anf daabali khabar football
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सहिद स्मारक सी डिभिजन लिग छनौट खेल अन्तर्गत आज भएको खेलमा नुवाकोट युनाईटेड फुटबल क्लब (एनयुएफसी) विजयी भएको छ । एनयुएफसीले अमरसिंह क्लबलाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

पहिलो हाफ दुवैपक्षबाट कुनै पनि गोल भएन । दोस्रो हाफको ५८ औँ मिनेटमा एनयुएफसीका कुमालले पहिलो गोल गरे । अमरसिंहको तर्फबाट जर्सी नम्बर ९ का विजय श्रेष्ठले ६४’२५ औँ मिनेटमा एक गोल फर्काए । अतिरिक्त थप गरिएको समयको ९५औं मिनेटमा एनयुएफसीका जर्सी नम्बर ९ का शाहिल नगरकोटिले थप एक गोल गर्दै समूह चरणबाट क्लबलाई अघि लगेका छन् ।

खेलको म्यान अफ म्याच एनयुएफसीका रामकाजी कुमाल भए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको वाई ग्रुपको दोस्रो खेलमा एनयुएफसीlले अमरसिंहलाई पाखा लगाउँदै ६ अंक जोडेर समुह वाईको शिर्ष स्थानमा रहदै दोस्रो चरणको यात्रा तय गरेको हो । दोस्रो चरणमा एनयुएफसीले समुह “यु” को विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

एन्फाले आयोजना गरेको तल्लो डिभिजनको यस लिगमा देशभरबाट ७८ क्लबको सहभागीता रहेको छ । ७८ क्लबलाई २६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोली दोस्रो चरणको नकआउट समूहमा स्थान बनाउनेछन् । 

दोस्रो चरणमा प्रवेश गर्ने टोलीहरुलाई पनि तीन समूहमा विभाजन गरिने छ । साथै प्रत्येक समूहबाट एक–एक टोली गरी तीन टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top