sujim bazar advert

नुवाकोट युनाईटेड विजयी

डबली खबर     अशोज १३, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

nufu win anf daabali khabar football
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – सहिद स्मारक सी डिभिजन लिग छनौट खेल अन्तर्गत आज भएको खेलमा नुवाकोट युनाईटेड फुटबल क्लब (एनयुएफसी) विजयी भएको छ । एनयुएफसीले अमरसिंह क्लबलाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

पहिलो हाफ दुवैपक्षबाट कुनै पनि गोल भएन । दोस्रो हाफको ५८ औँ मिनेटमा एनयुएफसीका कुमालले पहिलो गोल गरे । अमरसिंहको तर्फबाट जर्सी नम्बर ९ का विजय श्रेष्ठले ६४’२५ औँ मिनेटमा एक गोल फर्काए । अतिरिक्त थप गरिएको समयको ९५औं मिनेटमा एनयुएफसीका जर्सी नम्बर ९ का शाहिल नगरकोटिले थप एक गोल गर्दै समूह चरणबाट क्लबलाई अघि लगेका छन् ।

खेलको म्यान अफ म्याच एनयुएफसीका रामकाजी कुमाल भए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको वाई ग्रुपको दोस्रो खेलमा एनयुएफसीlले अमरसिंहलाई पाखा लगाउँदै ६ अंक जोडेर समुह वाईको शिर्ष स्थानमा रहदै दोस्रो चरणको यात्रा तय गरेको हो । दोस्रो चरणमा एनयुएफसीले समुह “यु” को विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

एन्फाले आयोजना गरेको तल्लो डिभिजनको यस लिगमा देशभरबाट ७८ क्लबको सहभागीता रहेको छ । ७८ क्लबलाई २६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोली दोस्रो चरणको नकआउट समूहमा स्थान बनाउनेछन् । 

दोस्रो चरणमा प्रवेश गर्ने टोलीहरुलाई पनि तीन समूहमा विभाजन गरिने छ । साथै प्रत्येक समूहबाट एक–एक टोली गरी तीन टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top