२०८१, १३ बैशाख बिहीबार

चौथौं सेभेन-ए साईड अर्चले नकआउट फुटबल हुदैं

डबली खबर     आश्विन १० २०७८ ०९:०९

4th archale 7 A side knockout football competition 2078 dabalikhabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – कञ्चना देउराली युवा क्लब र लियो क्लब अफ नुवाकोट परोपकारको संयुक्त योजनामा चौथौं सेभेन-ए साईड अर्चले नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बडादशैंको अवसरमा बेलकोटगढी नगरपालिका-६ देउरालीमा रहेको घेदुङ खेल मैदानमा यहि असोज २४ गतेदेखि २६ गतेसम्म नकआउट चरणमा फुटबल खेल हुने क्लबका अध्यक्ष सन्तराम मोक्तानले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताको लागि असोज २२ गतेभित्र दर्ता गर्नुपर्ने छ । दर्ता शुल्क चार हजार रुपैंयाँ लाग्नेछ ।

खेलमा प्रथम हुनेले ३० हजार रुपैयाँ बराबरको खसी र द्वितिय हुनेलाई १० हजार रुपैंयाँ नगर पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रशन्न थिङ्गले जानकारी दिए । विजेताहरुले नगरराशीसहित मडेल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको बारेमा थप जानकारीको लागि प्रतियोगिता संयोजक प्रशन्न थिङ्गलाई ९८२३२२४०७२ सम्पर्क गर्न सकिने छ ।

खुला फुटबल प्रतियोगिता भएकोले देशभरका ७७ जिल्लाबाटै क्लबहरुले सहभागिता जनाउन सकिने क्लबले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top