२०७८, २० श्रावण बुधबार

संघीय सरकारले ११ करोड ५० लाख त्रिशुली स्कुलमा बहुद्देशिय खेल मैदान बनाउने

डबली खबर     जेष्ठ ३० २०७८ १७:०३


tribhuwan trishuli secondary school sports ground in nuwakot
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोट – विदुर नगरपालिकामा संघीय सरकारले ११ करोड ५० लाख खर्च गरेर बहुद्देशिय खेल मैदान बनाउने भएको छ ।

बजेटको घोषणा अनुसार युवा तथा खेलकुद मन्त्रालयले स्थानीयत तह पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विदुर नगरपालिकाको वडा नम्बर १ मा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको जग्गामा खेल मैदान निर्माण हुनेछ ।

बहुद्देशिय खेल मैदानबाट विद्यालयका विद्यार्थीलाई फाइदा मात्र नभई नुवाकोट जिल्लाकै खेलाडीहरुलाई हुने विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताए । विद्यालयको स्वामित्वमा ४६ रोपनी रहेको छ । संघीय सरकारको छनौटमा परेको यस बहुवर्षीय योजना अन्तर्गत विद्यालयको साढे ११ रोपनी जग्गामा खेल मैदान निर्णमा हुने उनले बताए ।

सरकारले एक पालिका एक ग्राम निर्माण गर्ने कार्यक्रम अन्तर्गत विद्यालयको खेलमैदान छनौट भएको सह-प्रधानाध्यापक शिक्षक राजेन्द्र दवाडीले बताए । रात्री समयमा पनि खेल खेल्न सकिने गरी बत्ती जडान गरिने छ भने निर्माणको पहिलो चरणमा खेल हेर्नको लागि एकतर्फ प्याराफिट पनि तयार गरिने उनले बताए ।

बहुवर्षीय योजनामा निर्माण हुने खेल मैदानमा फुटबलका अत्तिरिक्त भलिबल, मार्सल आर्ट, दौड प्रतियोगिता लगायतका खेलकुद गतिविधिहरु खेल्न मिल्ने गरि डिपिआर तयार भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताए । प्रारम्भिक खेल मैदान निर्माणको लागि ७६ लाख बजेट विनियोजन भइसकेको उनले बताए ।

यस खेल मैदानसँगै विदुर नगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना गर्नको लागि दुई खेल मैदान हुनेछ । यसअघि विदुर नगरपालिकाले बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान तयार गरेको थियो ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot



Top