२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटका तीन फुटबल खेलाडि छनाैट

डबली खबर     फाल्गुन २४ २०७७ १४:१३

u-13 football player selection in Bagamati football training
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बागमती प्रदेशस्तरिय अण्डर-१३ फुटबल प्रतियाेगितामा नुवाकाेटका तीन खेलाडि छनाैट भएका छन् ।

अखिल नेपाल फुटबल संघ केन्द्रिय कमिटिकाे आयाेजनामा सातै प्रदेशका प्रदेशस्तरिय खेलाडीहरु छनाैट गरि स्थानीय क्लबहरुकाे सहकार्यमा एकेडेमी सञ्चालनका लागि उमेर समूहकाे खेलाडी छनाैट गरिएको हो ।

यसै अन्तर्गत बागमति प्रदेशकाे छनाैट भक्तपुरमा यहि फागुन २२, २३ र २४ गते सञ्चालन भएकाेमा नुवाकाेटका तीन खेलाडि छनाैटमा पर्न सफल भएका छन्।

बागमति प्रदेशका जिल्लाहरुका खेलाडी बिच प्रतिस्पर्धा गराईएकाे प्रतियाेगितामा नुवाकाेटबाट युकेश पनेरु, आयुष चित्रकार र राेहन मानन्धर छनाैटमा पर्न सफल भएका हुन् ।

सातै प्रदेशबाट छनाैट भएर आएकाहरु बिच पुन: छनाैटका लागि प्रतिस्पर्धा गराईने अखिल नेपाल फुटबल संघले जनाएकाे छ।

छनौट प्रक्रियामा प्रशिक्षक देवनारायण चित्रकार र रविन्द्र भुजेलले सहजीकरण गरेका थिए।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top