२०८०, ६ चैत्र मंगलवार

बागमती प्रदेश लिग: सिन्धुलीलाई हराउँदै नुवाकोट युनाइटेडको अग्रता

डबली खबर     फाल्गुन ६ २०७७ १७:४२

bagamati league football nuwakot united footballer hardik bhandari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बागमती प्रदेश लिग फुटबलको पहिलो खेलमा सिन्धुलीको नमुना उत्थान क्लबलाई पराजित गर्दै घरेलु टोली नुवाकोट युनाइटेड फुटबल क्बल विजयी भए ।

आजबाट सुरु भएको समुह चरणको पहिलो खेलमा युनाइटेडले जनउत्थानलाई २–१ ले पराजित गरेका हुन् ।

युनाइटेडको तर्फबाट पहिलो हाफको ३१औं मिनेटमा जर्सी नम्बर १९ का हार्दिक भण्डारी र दोस्रो हाफको ४७औं मिनेटमा जर्सी नम्बर १८ का सुमन तामाङले १/१ गोल गरे ।

नमुना जनउत्थान क्लबको तर्फबाट दोस्रो हाफको अन्तिम समयमा कमल गुरुङले १ गोल फर्काए ।

खेलमा नुवाकोट युनाईटेडका सुमन तामाङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद पुरस्कार पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top