२०८०, ६ चैत्र मंगलवार

आजदेखि प्रदेशस्तरीय फुटबल खेल नुवाकोटमा हुँदै

डबली खबर     फाल्गुन ६ २०७७ ०७:२३

bagamati league football nuwakot 2020
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नुवाकोट फुटबल संघको संयोजनमा आजदेखि नुवाकोटको बट्टारमा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

उद्घाटन खेलमा घरेलु क्लब नुवाकोट युनाइटेड फुटबल क्लब र सिन्धुलीको नमूना जनउत्थान क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा बागमति प्रदेशका १० जिल्लाका फुटबल क्लबहरुको सहभागिता रहने नुवाकोट फुटबल संघका अध्यक्ष दिपक चित्रकारले जानकारी दिए ।

सहभागी १० टोलिलाई तीन समुहमा विभाजन गरिएको छ । खेलको समुह ‘ए’ मा नखिपोट युथ क्लब (ललितपुर), सौराहा युवा समाज (चितवन) र न्यू जेनेरेसन युवा क्लब (सिन्धुपाल्चोक) रहेका छन् । समुह ‘बी’ मा घरेलु टोली नुवाकोट युनाइटेड फुटबल क्लब (नुवाकोट), धादिङ समाज (धादिङ), टाइगर टिम (दोलखा) र नमूना जनउत्थान क्लब (सिन्धुली) रहेका छन् ।

त्यस्तै, समुह ‘सी’ मा न्यू डाँफे युथ क्लब (मकवानपुर), आकाश भैरव क्लब (काभ्रे) र वाइन्ट स्पोटर्स एक्सपोर्टस् (काठमाडौं) रहेका छन् ।

लिग नकआउटका आधारमा हुने खेलको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पाउने अध्यक्ष चित्रकारले जानकारी दिए ।

प्रत्येक दिन दुई खेल हुने उक्त प्रतियोगिता फाल्गुण ११ गते सम्पन्न हुनेछ ।

यस्तो छ, खेल तालिका

  • फाल्गुण ६ गते – नुवाकोट VS सिन्धुली
  • फाल्गुण ६ गते – धादिङ VS दोलखा
  • फाल्गुण ७ गते – काठमाडौं VS काभ्रे
  • फाल्गुण ७ गते – ललितपुर VS सिन्धुपाल्चोक
  • फाल्गुण ८ गते – धादिङ VS सिन्धुली
  • फाल्गुण ८ गते – नुवाकोट VS दोलखा
  • फाल्गुण ९ गते – काभ्रे VS मकवानपुर
  • फाल्गुण ९ गते – चितवन VS ललितपुर
  • फाल्गुण १० गते – नुवाकोट VS धादिङ
  • फाल्गुण १० गते – दोलखा VS सिन्धुली
  • फाल्गुण ११ गते – काठमाडौं VS मकवानपुर
  • फाल्गुण ११ गते – चितवन VS सिन्धुपाल्चोक

सेमी फाईलन

  • फाल्गुण १२ गते – पहिलो समुहको विजेता VS तेस्रो समुहको बिजेतो
  • फाल्गुण १२ गते – दोस्रो समुहको विजेता VS समुह पहिलो दोस्रो तेस्रोको उत्कृष्ट विजेता
  • फाल्गुण फागुन १३ गते – म्याच नम्बर १३ को विजेता VS म्यान नम्बर १४ को विजेता बीच

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top