काठमाडाैं – नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको व्यवस्थापन तथा नुवाकोट मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली नुवाकोट च्याम्पियन बनेको छ ।
प्रतियोगितामा नुवाकोटका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । नुवाकोटका समिर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले स्वर्ण प्राप्त गरेको आयोजक संथाका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
यस्तै, दाङका दोस्रो तथा कास्कीको टोली तेस्रो भएकाे छ । दाङका चेतन वली र गोपाल विकले तथा कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण पदक जितेका छन् ।
स्वर्ण पदक जित्नेलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा रजत प्राप्त गर्ने खेलाडीलाई जनही रु सात हजार पाँच सय तथा कास्य पदक पाउने खेलाडीलाई जनही रु पाँच हजार प्रदान गरिएको छ ।
प्रतिक्रिया