२०८०, २४ जेष्ठ बुधबार

नुवाकोटमा थप ६ जनामा कोरोना संक्रमण

डबली खबर     असार १३ २०७७ १६:५७

tarkeshwor rural municipality corona covid 19 cases
Diyo Pathshala Montessori

विदुर – नुवाकोटको तारकेश्वर गाउँपालिकामा थप ६ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका एक बालकसहित ५ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारीले बताए।

कोरोना पुष्टि भएकाहरु ६ वर्षीय बालक सहित १९, २०, २५, २९ र ४५ वर्षका रहेका छन् । संक्रमित बिरामीलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ।

हालसम्म नुवाकोटमा कोरोना संक्रमित संख्या २३ पुगेको छ।

अहिले जिल्ला अस्पतालमा १० जना, खरानीटारमा ३ जना र शुक्रराज ट्रपिकल टेकुमा १ जना उपचारत रहेका छन् भने ९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

शनिबारनै तारकेश्वरमा गरिएको आरडीटि परिक्षणमा १३ जनामा पोजेटिभ र ५४ जनामा नेगेटिभ देखिएको छ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top