+
Search

ताजा अपडेट +

पपुलर +

सिएमआईएस अद्यावधिक गर्न संघिय मामिला मन्त्रालयको देशभरका स्थानीय तहहरुलाई निर्देशन

cmis CRISIS MIS FOR LOCAL GOVERNMENTS update
डबली खबर
५ साल अगाडी

काठमाडौं – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड-१९ संक्रमण व्यवस्थापनको तयार गरिएको स्थानिय तहका लागि विपद् रिपोर्टिङ्ग प्रणाली (सिएमआईएस) सहित ढंगले अद्यावधिक नगरेमा बजेट विनियोजन नगरिने भएको छ।

देशभरका ७७ वटै पालिकालाई उक्त प्रणालीमा पटकपटक अद्यावधिक गर्न भनिएतापनि उक्त प्रणालीमा कोभिड-१९ सम्बन्धि जानकारी अपडेट सहि तरिका र नियमित नगरिएको पाईएकोले यस्तो निर्णय गरिएको मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले जानकारी दिए ।

उक्त प्रणालीको तथ्यांकअनुसारकै आधारमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइन व्यवस्थापन खर्च निकासा हुँदै आएको हुनाले अझै पनि कतिपय स्थानीय तहहरुबाट उक्त प्रणालीमा अद्यावधिक नभएमा रकम निकासामा सहज नहुने भएकोले उक्त प्रणालीमा आफ्नो पालिकागतको क्वारेन्टाइन सम्बन्धि अद्यावधिक गर्न भनिएको छ।

स्थानिय तहका लागि विपद् रिपोर्टिङ्ग प्रणाली अनुसार ९३ हजार ५ सय ४१ जना क्वारेन्टाइनमा बसेका छन्। क्वारेन्टाइनबाट ७६ हजार २ सय ९९ जना संक्रमण नदेखिएपछि घर फर्किएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ