नुवाकोट – विदुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका ५० वर्षीय एक पुरुषमामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । यो संख्या सँगै नुवाकोटमा कोरोना संक्रमित १६ जना पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुप्राप्त रिपोर्ट अनुसार पोजेटिभ पुष्टी भएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएसंगै स्थानीयतह सँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङको काम समेत अघि बढाईएको कार्यालयले जनाएको छ ।
संक्रमति बिरामीलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रेम कुमारी राईले जानकारी दिए।
आजै मात्र ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ९ जना निको भएर घर फर्केका छन्।
अहिले जिल्ला अस्पतालमा ४ जना र ३ जना खरानीटारको आइसोलेशनमा उपचार्थ रहेका छन्। जसमा २ महिला र ५ पुरुष गरी ७ जना आइसोलेशनमा उपचार्थ रहेका छन्। जिल्लाभरमा २६ आइसोलेशन बेड रहेको छ।
हालसम्म नुवाकोटमा पिसिआर परिक्षण ४ सय ८८ जनाको भएको छ । जसमा ४ सय ४५ जनाको निगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ। बाँकी २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।
आरडीटि परिक्षण २ हजार ४ सय ९३ जनाको गरिएकोमा ९५ जनामा पोजेटिभ देखिएको छ। बाँकी २ हजार ३ सय ९८ जनाको परीक्षणको क्रममा निगेटिभ देखिएको छ।
प्रतिक्रिया