२०८१, १४ बैशाख शुक्रबार

बागमती प्रदेशमा क्रियाशिल ७०५ जना पत्रकारको कोरोना बीमा

    असार ४ २०७७ १८:११

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

हेटौंडा – बागमती प्रदेशका कार्यरत सात सय पाँच जना पत्रकारको कोरोना बीमा भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा कोभिड १९ महामारीका वेला अग्रपंक्तिमा रहेर काम गर्ने बागमती प्रदेशका पत्रकारको कोरोना बीमा गरिएको हो ।

कोरोना भाइरसको पिसिआर परिक्षणमा संक्रमित भएको प्रमाणित भएमा बीमा गरिएका पत्रकारले एक लाख रुपैयाको बिमा रकम युनाइटेड इन्स्योरेन्स कम्पनीबाट प्राप्त गर्नेछन् । भुक्तानीका लागि कोरोना भाइरस संक्रमण देखिइ पिसिआर परिक्षणमा पोजिटिभ देखिएको हुनु पर्नेछ । कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहिबार बिमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरेका छन् ।

बागमती प्रदेशमा क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षा प्रति संम्वेदनशिल भइ प्रदेश सरकारले पत्रकारको मनोबल उच्च राख्न कोरोना बीमा गराएको हो । पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न बिमाले सहयोग पुग्ने बिश्वास लिएका छौ’ सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक हजार जना पत्रकारको बीमा गराउने निर्णय गरेको छ । बीमाका लागि आवश्यक विवरण प्राप्त भएका सात सय पाँच जनाको बीमा पहिलो चरणमा गराइएको हो ।

सञ्चार रजिष्ट्रार कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर अन्यत्र कोरोना बीमा नगराएका, पत्रकार महासंघको बागमती प्रदेश र पत्रकार महासंघ उपत्यका समिति अन्तर्गतका शाखा, प्रतिष्ठान र एशोसियटसबाट प्राप्त बिववरणका आधारमा पत्रकारको कोरोना बीमा गराइएको हो ।

बागमती प्रदेशका १३ वटै जिल्लाका क्रियाशिल पत्रकार तथा ती जिल्लाबाट सञ्चालित संचारमाध्यममा कार्यरत पत्रकारलाई पनि बीमामा समेटिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top