sujim bazar advert

नुवाकोट चोकचोकमा प्रहरीले देखाए कोरोना विरूद्ध प्लेकार्ड

    असार २, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

coronavirus covid19 citizen awareness nuwakot police program
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – कोरोनाभाइरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै नुवाकोट प्रहरीले पनि आज सदरमुकाम विदुरको विभिन्न चोकचोकमा हात हातमा प्लेकार्ड लिएर उभिएका छन् ।

देशभर प्रहरीले विशेष अभियान अन्तर्गत नुवाकोट प्रहरी कार्यालयले पनि प्रहरी र ट्राफिकहरू परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आजदेखि शुरू गरेको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।

प्लेकार्डमा “सधैँ मास्क लगाएर यात्रा गरौँ”, “सामाजिक दुरी कायम गरौँ कोरोनाभाइरसबाट बचौं”, “जथाभावी हिडँडुल नगरौँ”, “ट्राफिक नियमको पालना गरौँ”, “अनिवार्य रुपमा मास्क प्रयोग गरौँ” जस्ता कुराहरू लेखिएका छन् ।

लकडाउन खुकुलो बनाए सँगै नागरिकको चाप हुने सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, निजि तथा सरकारी क्षेत्रका वित्तिय संस्थाहरु, डिपार्टमेन्ट स्टोर, निर्माण कार्यालयहरुमा विशेष अभियानमा खटिएका प्रहरीहरुले मास्क, पञ्जाको साथै आफ्नै नियमित पोसाकमा नै रहेर प्लेकार्ड देखाएका छन्।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top