sujim advert

नुवाकोटमा कोरोना संक्रमित एक दर्जन नाघ्यो

डबली खबर     असार २, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nuwakot coronavirus covid19 update
bidur tax consultancy services in nuwakot

नुवाकोट – जिल्ला अस्पतालको आइसोलेशनमा रहेका थप तीन जनामा कोभिड-१९ को संक्रमण भएको पुष्टी भएको छ । यो संख्या सँगै नुवाकोटमा कोरोना संक्रमित १३ जना पुगेको छ ।

तारकेश्वर गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ती युवाहरुमा शंकास्पद लक्षण देखापरेसँगै गत जेष्ठ ३१ गते शनिवारदेखि जिल्ला अस्पतालको आईशोलेसनमा उपचारको लागि राखिएको थियो ।

पिसिआर ल्याब हेटौंडाबाट प्राप्त रिपोर्ट अनुसार पोजेटिभ पुष्टी भएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

संक्रमित बिरामीको स्वास्थ्य सामान्य रहेको छ । संक्रमित युवाहरु भारतबाट रोजगारीबाट घर फर्केका थिए ।

कोरोना संक्रमण पुष्टि भएसंगै स्थानीयतह संगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङको काम समेत अघि बढाईएको कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लामा ३ जना निको भएर घर फर्किसकेका छन्।

मंगलबार आरडीटि परीक्षण गरिएकोमा विदुर नगरपालिकाका १ जना र तारकेश्वर गाउँपालिकाका ६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top